स्नापच्याटबाट लाखौं किशोर–किशोरीको नग्न तस्विर अनलाइनमा
Saturday, January 10, 2015

युवाहरुमा निकै लोकप्रिय रहेको निःशुल्क फोटो तथा भिडियो मेसेज पठाउन मिल्ने मोबाइल एप्लिकेसन स्नापच्याटबाट लाखौं फोटो तस्विर तथा भिडियोहरु ह्याक भएका छन् ।
स्नापच्याट प्रयोगकर्ताहरुको करिब ९० हजार फोटो तथा भिडियो भएको एउटा फाइल अनलाइन पोस्ट गरिएको छ जसलाई ‘स्नापेनिङ’ नाम दिइएको छ । यसरी पोस्ट गरिएका तस्विरमा विशेष गरेर किशोर–किशोरीका आपत्तिजनक तस्विरहरु रहेका छन् ।
केही समयअघि मात्र विश्वका चर्चित सेलिब्रेटीहरुको मोबाइलमा रहेको आइक्लाउडबाट तस्विरहरु ह्याक गरेर सार्वजनिक भएपछि निकै ठूलो हंगामा भएको थियो । स्नापच्याटमा प्रयोग हुने स्नापसेभ्ड डटकमबाट ती तस्विरहरु ह्याक गरिएका हुन् । स्नापच्याटले उक्त वेभसाइटको वेभसरभरमा फाइल स्टोर गरेर एक अर्कामा आदान प्रदान गर्ने गर्छ । त्यहाँ रहेका फाइल केही समयमा आफै नष्ट हुनेगर्छ । ती तस्विरहरुको लिंकलाई फोरच्यान र रेडिटजस्ता वेभसाइटमा राखिएको छ । जसलाई हजारौंपटक गरिएको छ । स्नापच्याटका ५० प्रतिशत प्रयोगकर्ताहरु १३ देखि १७ वर्ष उमेरका छन् । प्रहरी अधिकारीहरुले यसमा चाइल्ड पोर्नोग्राफी हुनसक्ने आशंका गरेका छन् । धेरै किशोर किशोरीहरुले स्नापच्याटबाट आफ्ना नग्न तस्विरहरु एकअर्कालाई प्रयोग गर्ने गरेका छन् ।Source: ratopati.com
Send to your friends or hit like button ==>
Tags:
Health
Comments[ 0 ]
Post a Comment