जबर्जस्ति करनी गरेको आरोपमा अदालतमा मुद्दा दायर हुने क्रम पछिल्लो समय निकै बढेको देखिन्छ |यस्तो घटनामा आफ़न्तैको बढी हात हुने गरेको पनि भेटिने गरेको छ |महिलाहरु आफ्नै घरमा समेत असुरक्षित हुने गरेको घटना त बेला बेला बाहिर आउने गरेको छ र त्यसमा सत्यता पनि भेटिएको छ |\\
पछिल्लो समयमा पुर्बी नेपालको झापामा अदालतमा दर्ता भएका अधिकांश मुद्दाहरु पनि त्यस्तै खालका छन |आफ्नै दाई बुबा , हजुरबुबा बाट घरमै बलात्कृत हुनुपर्ने महिलाको कारुणिक तथ्य जिल्ला अदालत झापाको एक तथ्याकले देखाएको छ |चालु आर्थिक वर्षको छ महिनाभित्र अर्थात गत साउनदेखि पुससम्ममा जबर्जस्ती करणी ४६ वटा र जबर्जस्ती करणी उद्योगका २२ वटा घटना प्रहरीमा दर्ता भएका छन् । र, चालु आर्थिक वर्षमा झापा जिल्ला अदालतमा जबर्जस्ती करणीका ३१ वटा मुद्दा दर्ता भएकामा १४ वटामा अदालतले फैसला गरिसकेको छ ।यसमा सबै भन्दा बढी महिला तथा बालिका आफ्नै बाट वा चिने जानेकै मान्छे बाट पिडित बनेको पत्ता लागेको छ |
झापामा एउटा यस्तो दर्दनाक घटना घटेको छ जसले गर्दा समग्र बाबा प्रति नै छोरीले हेर्ने द्रिस्तिकों नै फरक बनाउन सक्दछ |पेसाले पत्रकारिता गरिरहेका आफ्नै बाबा बाट १३ बर्षीय बालिका पटक पटक बलात्कृत भएकी छन |
दमक नगरपालिका वडा नं १० मा डेरामा एक छोरा र एक छोरीसँग बस्दै आएका बाबुले आफ्नै छोरीलाई तीन वर्षअघिदेखि पटक–पटक करणी गर्दै आएको घटना २०७० असोज २ गते सार्वजनिक भएको थियो ।कसैलाई भनिस भने मार्दिन्छु भन्दै आफ्नै छोरीलाई जबर्जस्ति बलात्कार गर्दै आएका उनले छोरीलाई गएको तिन बर्ष देखि यस्तो काम गर्दै आएका थिए |
आफुले अरुलाई भन्यो भन्यो बुबाले आफुलाई मार्छन कि भन्ने डरले ति बालिकाले कसैलाई भनेकी थिईनन तर पाप धुरी बाट कराउछ भने झैँ उनको त्यो राक्षसी पन एकदिन पर्दाफास भएर नै छाड्यो |
श्रीमान बाटनै छोरी बलात्कृत भएको खबर बालिकाको आमाले पनि थाहा पाएपछि अदालत समक्ष मुद्दा दर्ता भएको थियो |अदालतमा बयान दिने क्रममा बालिकाले आफुलाई कसैलाई भनिस भनि मार्दिन्छु भनेर जबर्जस्ति गरेको बताएकी छन |अझ उनका भाइले त बयानका क्रममा आफ्नो बुबाले पसिनै पसिना भएर डर लाग्दो रुपमा स्वा-स्वा गरि कसैलाई भनिस मार्छु भनि दिदीलाई थर्काएका थिए पनि बताएका छन |
पापी बुबाले छोरीलाई महिनावारी भए नभएको सोध्ने गरेको र औषधि खुवाइसकेपछि खोल पनि आफैं बोकेर जाने गरेका थिए । ती अपराधीमाथि अदालतले जबर्जस्ती करणीका लागि १० वर्ष र हाडनाता करणीका लागि १० वर्ष गरी कुल २० वर्षको सजाय तोकेको छ र उनी अहिले झापा कारागारमा कैदी जीवन बिताइरहेका छन् ।मानसिक रुपमा दख्खल पर्ने हरि छोरी माथि बलात्कार गर्ने त्यस्ता बुबालाई त जति सजाय दिएपनि पुग्दैन |बलात्कार पछि बालिकालाइ पेट दुख्ने ,टाउको दुख्ने जस्ता समस्या देखिएका छन |बालिकालाई क्षतिपुतिका लागि पनि बाबुले ४ लाख तिर्नुपर्ने छ |- नेपाल जापान डट कम
- S
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment