
क्रिष्चियन परिवारमा जन्मिएका अमेरिकी राष्ट्रपति बाराक ओबामा भगवान हनुमानजीमाथि निकै आस्थावान् छन् र कुनै संकट आउँदा उनी हनुमानजीलाई नै सम्झने बताइएको छ । हनुमानजीलाई ओबामाले आखिर किन यति धेरै मान्छन् त ? स्रोतका अनुसार ओबामाको बाल्यकालमा घटित एउटा घटनाले उनलाई हनुमानभक्त बनाएको हो । बाराक ओबामा जब पाँच वर्षका थिए उनकी आमाले दोस्रो विवाह गरिन् ।
आमाको दोस्रो विवाहपश्चात् जब उनी पहिलोपटक आफ्नो सौतेनी बुवासँगै उनको घर जाँदै थिए तब उनले ओबामालाई हनुमानजीको मूर्ती देखाउँदै उनको वीरताको कथा सुनाए । बाल्यकालमा सुनेको यो कथाले उनलाई निकै प्रभावित बनाएको थियो । बाराक ओबामाको खल्तीमा सधैँ हनुमानजीको एउटा सानो मूर्ती हुने गर्दछ । यो मूर्तीको चारवटा हात छन् जसमा उनले विभिन्न अस्त्र बोकेका छन् । हनुमानजी यो मूर्तीमा युद्धका लागि तयार भएको जस्तै देखिन्छन् । वीरभाव भएको यस्तो मूर्ती आफूसँगै राख्नाले कुनै पनि अनिष्ट र नकारात्मक शक्तिहरुलाई टिक्न नदिने मान्यता जनमानसमा रहिआएको छ ।
भारत भ्रमणमा रहेका बाराक ओबामाले गत सोमबार आफ्नो खल्तीमा भएको हनुमानजीको मूर्ती लालकृष्ण आडवाणीकी छोरी प्रतिभा आडवाणीलाई देखाएका थिए । स्मरण रहोस्, सन् २००८ मा जब बाराक ओबामा पहिलो पटक अमेरिकी राष्ट्रपति पदका लागि चुनावमा लडिरहेका थिए, उनका शुभचिन्तकहरुले उनलाई हनुमानको मूर्ती उपहारमा दिने निर्णय गरे ।
ओबामाको खल्तीमा भएको हनुमानजीको मूर्तीलाई सबैभन्दा पहिले भारतमा हिन्दु पुजारीहरुद्वारा मन्त्रोच्चारण गरेर प्राण प्रतिष्ठा गरिएको थियो । मूर्तीको प्राण प्रतिष्ठा पछि ओबामाको प्रतिनिधि सोवाज–मारलाई यसको जिम्मा लगाइयो थियो । उनका शुभचिन्तकका अनुसार यो मूर्तीले उनलाई राष्ट्रपति पदको चुनाव जित्न मद्दत गरेको थियो । -
See more at: http://www.ratopati.com/2015/01/27/203602.html#sthash.MiBUNPe8.32jMiT59.dpuf
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment