
मुम्बई, बलिउडका अभिनेता तुषार कपुरलाई सन्नी लियोन हिन्दी सिनेमाको ‘नम्बर वान’ अभिनेत्री लाग्ने बताएका छन् ।
सन्नीसँग ‘मस्तीजादे’ फिल्ममा काम गरिरहेका तुषार सन्नीलाई एउटी राम्री अभिनेत्रीका साथै राम्रो मानिसको संज्ञा दिन्छन् । तुषारले भने, ‘सन्नीसँग काम गर्नुको अनुभव सानदार रह्यो । उनी निकै राम्री अभिनेत्री हुन् र त्यत्तिकै राम्रो मानिस पनि ।
उनी बलिउडकी ‘नम्बर वान’ अभिनेत्री हुन्, त्यसकारण मलाई लाग्छ कि ‘मस्तीजादे’ फिल्म निकै सफल हुनेछ ।’ मिलाप जावेरीद्वारा निर्देशित यो फिल्ममा सन्नीले लैला लिलिको भूमिका निभाइरहेकी छिन् । फिल्ममा वीर दास पनि छन् । तुषार ‘क्या कूल हे हम’ को तेस्रो भागलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।
(एजेन्सी)
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment