कति पुरुष विभिन्न यौन समस्याका पीडित हुन्छन् । नपुंशकतादेखि लिएर उत्तेजनाको कमी, यौनइच्छाको कमी, शीघ्रपतनजस्ता यौनिक यस्तै समस्या हुन् ।
जो पुरुषहरूको टाउको दुखाउन पर्याप्त हुन्छ । यस्ता कतिपय यौनिक समस्याको चिकित्सकीय समाधान नहुन पनि सक्छ ।
तर, कतिपय घरेलु तथा आयुर्वेदिक उपाय यसको अचुक अस्त्र बन्न सक्छन् । आयुर्वेदमा यस्ता धेरै जडीबुटी छन्, जसले पुरुषहरूको यौनिक समस्याको समाधान गर्छन् ।
केही टिप्स :
हरेक दिन दूधसँगै कुरिलोसमेत सेवन गर्नुहोस् । दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ । केरा र सुन्तला नियमित सेवन गर्नुहोस् ।
घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणु वृद्धिमा सहयोग पुर्याउँछ । हरेक दिन एक गिलास गाजरको जुस वा चार–पाँचवटा गाजर खानुहोस् ।
बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ । पालुंगो, काउलीजस्ता तरकारीको सेवन नियमित रूपमा गर्नुहोस् ।
रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् । अश्वगन्धारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ । नियमित व्यायाम तथा तनावबाट मुक्त रहनु पनि यौनजीवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।

Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment