हिरोइनहरू ३० काटेपछि बिक्न छाड्छन् : य स्ता छन् ३० काटेका हट हिरोइन - फोटो सहित
Thursday, October 23, 2014
तीस नाघेपछि महिलाहरूको सौन्दर्यमा ह्रास आउने ठानिन्छ । सौन्दर्य नै मुख्य अस्त्र मानिने ग्ल्यामर दुनियाँमा धेरै हिरोइनहरू ३० काटेपछि बिक्न छाड्छन् । बलिउडका रबिना टण्डन, सोनाली बेन्द्रे, मनीषा कोइरालाजस्ता हिरोइन ३० काटेपछि बिस्तारै सेलाएका थिए । तर, सबैमा यो लागू हुँदैन । बलिउडमै ३० काटेका केही हिरोइनहरू उत्तिकै हट छन् जति २० वर्षका यौवनाहरू ।
हिरोइनहरू ३० काटेपछि बिक्न छाड्छन् : य स्ता छन् ३० काटेका हट हिरोइन विडियो हेर्न को लागी यहाँ clickगर्नुहोला
विद्या बालन (३६ वर्ष)
नांगो आँखाले हेर्दा विद्या बालन उति सेक्सी देखिन्नन्, जति प्रियंका वा करिनाहरू देखिन्छन् । तर, डर्टी पिक्चरमा अभिनय गरेपछि उनको छवि बोल्ड हिरोइनमा रूपान्तरित भएको छ । विद्या सन् २००५ मा परिणिता फिल्मबाट सीधासाधी केटीका रूपमा अभिनययात्रा थालेकी थिइन् । अभिनयका साथै अंग प्रदर्शनमा पनि उदार हुँदै गएपछि उनको चर्चा चुलिँदै गएको छ । उनी गत वर्ष मात्र विवाह बन्धनमा बाँधिएकी हुन् ।
करिना कपुर (३४ वर्ष)
अहिले बलिउडमा सर्वाधिक सफल हिरोइनको सूचीमा आउने करिना कपुरले गत सेप्टेम्बरमा आफ्नो ३४औँ जन्मदिन मनाइन् । अहिले पनि निर्देशकहरू उनलाई फिल्ममा साइन गराउन लाइन लाग्छन् । सैफ अलि खानसित बिहे गरेपछि उनी केही चुजी भएकी छिन् । तथापि, उनको हट अन्दाज भने उस्तै छ । १४ वर्षअघि बलिउडमा करिअर सुरु गरेकी करिना अझै केही वर्ष चल्ने सहजै अनुमान गर्न सकिन्छ ।
विपाशा वशु (३५ वर्ष)
बलिउडकी हट हिरोइनको सूचीमा विपाशा वशुलाई छुटाउन मिल्दैन । ३५ वर्ष नाघिसम्दा पनि उनको सेक्सी अन्दाज उत्तिकै छ । सन् २००१ मा अजनबी फिल्मबाट उनको बलिउड करिअर सुरु भएको हो । पहिलो फिल्मले नै उनको छवि सेक्सी बनाइदियो । त्यसयता उनले राज, जिस्म नो इन्ट्री, ओमकारा, धुम, रेसजस्ता दर्जनौँ फिल्ममा बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् ।
प्रियंका चोपडा (३२ वर्ष)
बलिउडकी अर्की सफल नायिका प्रियंका चोपडाको उमेर ३२ वर्ष हो । सन् २००० मा मिस वल्र्डको उपाधि जितेर प्रख्यात बनेपछि उनी बलिउड भित्रिएकी थिइन् । उनलाई भारतका ‘हट एन्ड सेक्सी’ हिरोइनको सूचीमा राख्ने गरिन्छ । हालसम्म अविवाहित रहेकी प्रियंकाले ब्वाइफ्रेन्डहरू भने धेरै फेरिसकेकी छिन् । एतराज, मुझसे सादी करोगी, कृष, बर्फी मेरिकोमजस्ता फिल्महरूले उनलाई भर्सेटाइल हिरोइनको पहिचान दिएका छन् ।
Send to your friends or hit like button ==>
Tags:
Photo Gallery
Comments[ 0 ]
Post a Comment