मुम्बई । बलिउडमा बेबी डल उपनामले चिनिएकी सनी लियोनले फेरी धुम मच्चाएकी छन् । बेंगलुरुमा कन्नड चलचित्र ‘डीके’का लागि ब्यस्त रहेकी सन्नीको नयाँ आइटम नम्बरले उनी यतिबेला चर्चामा आएकी हुन् । इन्डियन एक्सप्रेसका अनुसार सनी लियोन सो चलचित्रमा पूर्ण रूपमा लोकगीतमा देखिने छिन् ।
सन्नीको सहभागिता रहेको यो गीतको बोल ‘सेशम्मा सेशम्मा’ हो । चलचित्र युनिटका अनुसार उनी गत तीन दिनदेखि सुटिङमा व्यस्त छिन् । यो गीतका लागि विशेष सेट तयार गरिएको छ । उदयप्रकाश निर्देशित डीकेमा प्रेम मुख्य भूमिकामा छन् । सनी लियोन हालै तमिल फिल्म ‘वडाकरी’ को एउटा विशेष गीतमा देखा परेकी थिइन् । उनले तेलुगु फिल्म करंट थीगामा पनि आइटम गीत गरेकी छन् ।
भिडियो लिंक
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment