एजेन्सी - जापानकी एक महिला कलाकारलाई आफ्नो योनीको तस्बिर बनाएर अरुलाई बिक्रि गरेको आरोपमा प्रहरीले पक्राउ गरे को छ । ४२ वर्षीया मेगुमी इगाराशीलाई आफ्नो योनीको थ्रीडी तस्बिर अरुलाई पठाई अश्लिलता फैलाएको आरोप लगाइएको छ ।

समाचारका अनुसार इगाराशीले आफ्नो योनीको थ्रिडी फोटो खिचेर अरुलाई पठाएकी थिइन् । यो कामका लागि मानिसहरुले इगाराशीलाई पैसा दिने गरेका थिए । उनीहरु यी चित्रबाट थ्रीडी प्रिन्टरको मद्दतले योनी आकारको डुंगा बनाएका थिए । उनले त्यहि योनी आकारको डुंगा चढेको फोटो पनि सार्वजनिक भएकोछ ।
प्रहरी प्रवक्ताले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा इगाराशी अश्लिल आकार बनाउन प्रयोग हुने सामग्री वितरण गर्ने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको बताएका छन् । जापानको असाही न्युज पेपरका अनुसार इगाराशीले प्रहरीले लगाएको आरोप अस्वीकार गरेकी छन् ।
पत्रिकाका अनुसार उनले भनेकी छन् ‘म प्रहरीको निर्णयप्रति सहमत छैन । मेरा लागि मेरो योनी, मेरो हातखुट्टाजस्तै हो । यसमा केही पनि अश्लिल छैन ।’ स्मरणीय छ की जापानमा अश्लिलतासम्बन्धी कानुन अनुसार यौन अंगको चित्र बनाउन प्रतिबन्ध छ ।

Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment