आजको पञ्चाङ्ग
वि.सं. २०७१ श्रावण २९ गते बिहीबार तदनुसार ई. सं. २०१४ अगस्ट १४ तारिख,
प्लवङ्ग नामक सम्बत्सर, शाके : १९३६, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. : ११३४, (गुँलागा)
चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),
आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : दक्षिण, नक्षत्रशूल : दक्षिण
भाद्रपद कृष्णपक्षको चतुर्थी तिथि, दिउँसो ०३:०८ बजेसम्म, त्यसपछि पञ्चमी तिथि,
उत्तराभाद्रा नक्षत्र साँझ ०६:१७ बजेसम्म, त्यसपछि रेवती नक्षत्र,
धृति योग मध्यरात्रीपूर्व ११:११ बजेसम्म, त्यसपछि शूल योग
बालब करण दिउँसो ०३:०८ बजे मिनेटसम्म त्यसपछि कौलव करण,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), जग राख्ने(शिलान्यास), वास्तुमुहूर्त, पुरानो घरमा सर्ने, दैलो राख्ने(मुख्यद्वार स्थापना),
काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:३३:११ बजे र सूर्यास्त : ०६:४२:२१ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:२६:३५ बजे र सूर्यास्त : ०६:३२:५५ बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय : ०५:४६:४३ बजे र सूर्यास्त : ०६:५८:२५ बजे,
आजको बारबेला :
शुभ वारवेला : (बिहान ०५:२६ देखि ०७:०४ सम्म, साँझ ०४:५४ देखि ०७:५४ सम्म र बिहानको राती ०४:०४ देखि ०५:२६ सम्म)
अमृत वारवेला : (दिउँसो ०१:३८ देखि ०३:१६ सम्म र साँझ ०७:५४ देखि ०९:१६ सम्म)
चर वारवेला : (बिहान १०:२१ देखि ११:५९ सम्म र बेलुका ०९:१६ देखि १०:३८ सम्म)
रोग वारवेला : (बिहान ०७:०४ देखि ०८:४३ सम्म र बेलुका १०:३८ देखि ११:५९ सम्म)
काल वारवेला : (दिउँसो ०३:१६ देखि ०४:५४ सम्म र मध्यरात्रीपूर्व ११:५९ देखि ०१:२१ सम्म)
लाभ वारवेला : (दिउँसो ११:५९ देखि ०१:३८ सम्म र मध्यरात्रीपछि ०१:२१ देखि ०२:४३ सम्म)
उद्वेग वारवेला : (बिहान ०८:४३ देखि १०:२१ सम्म र मध्यरात्रीपछि ०२:४३ देखि ०४:०४ सम्म)
राहुकाल, यमघण्ट र गुलिककाल :
राहुकाल : (दिउँसो ०१:३८ देखि ०३:१६ सम्म)
यमघण्ट काल : (बिहान ०५:२६ देखि ०७:०४ सम्म)
गुलिककाल : (बिहान ०८:४३ देखि १०:२१ सम्म)
आगामी ७ दिनभित्रका व्रत/पर्व तथा शुभ मूहुर्त :
३० गते :- मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पास्नी(अन्नप्राशन), पसल थाप्ने, जग राख्ने(शिलान्यास), लगानी/निवेश, पुरानो घरमा सर्ने, दैलो राख्ने(मुख्यद्वार स्थापना), दीक्षाग्रहण,
३१ गते :- मूहुर्त : पसल थाप्ने, लगानी/निवेश, दैलो राख्ने(मुख्यद्वार स्थापना),
०१ गते :- व्रत/पर्व : भाद्र सङ्क्रान्ति, रविसप्तमी व्रत, अष्टमी व्रत, श्री कृष्णजन्माष्टमी व्रत, मन्वादि, गोरखकाली पूजा, मूहुर्त : अग्निवास(होमादि),
०२ गते :- व्रत/पर्व : श्री कृष्णरथयात्रा, हिलेजात्रा, नारायणी यात्रा, मष्टजाँत, राधाकृष्णरथयात्रा, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),
०३ गते :- व्रत/पर्व : गुगा नवमी, भीमयात्रा, मूहुर्त : अग्निवास(होमादि),
०४ गते :- मूहुर्त : पास्नी(अन्नप्राशन), पसल थाप्ने, जग राख्ने(शिलान्यास), घर छाउने/ढलान गर्ने, पुराणश्रवण
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिक्क र झर्कोलाग्दो यात्राको योग छ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आगमन हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन उत्साहपूर्ण रहला । पठनपाठनमा प्रगति हुनेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व समेत वहन गर्नुपर्ने समय भएकाले दिक्क लाग्नसक्छ । रोकिएका काममा अझ बिलम्ब हुनसक्छ । नयाँ काम र जिम्मेवारीले दूरगामी भविष्यमा नकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट केही प्रतिष्ठा मिल्नसक्छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चिन्ता शंका र छटपटी सिर्जना हुनाले आजको दिनलाई आफ्नो पक्षमा ल्याउन सक्नुहुन्न । व्यावसायिक यात्राको सम्भावना भए पनि त्यसबाट खास लाभ हुनसक्दैन र घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनसक्दैन । दाम्पत्य जीवनमा तनावको सिर्जना हुनसक्छ । आम्दानीमा कमी आउने छ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । आजका लागि शुभ अंक ७ र शुभरंग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आम्दानीमा कमी आउने तथा निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय खर्च हुनेछ । गरेका कामबाट निराश भइने छ । श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा जाँगर चल्दैन । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिहिनेत, परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । पारिवारिक तनाव बढ्नसक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा समेत खासै प्रगतिको सम्भावना छैन । आर्थिक पक्षसमेत कमजोर बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा निराशा भोग्नुपर्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Comments[ 0 ]
Post a Comment