९ मिनेट विमानस्थल बन्दः काठमाडौं, श्रावण १२ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको ‘विमान बंगलादेश’को एउटा जहाजको टायर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पञ्चर भएको छ ।
अवतरणका क्रममा धावनमार्गमा कुदिरहँदा बायाँपट्टीका दुईओटै टायरमा धुँवा निस्केको थियो । विमानस्थलका प्रवक्ता वीरेन्द्र श्रेष्ठकाअनुसार दिउसो २ बजेर १० मिनेटमा अवतरणका क्रममा बढी चापका कारण विमानको बायाँपट्टीको टायरमा धुवाँ निस्केको थियो ।
विमान रोकिएपछि अग्नि नियन्त्रकले त्यसलाई तत्काल नियन्त्रणमा लिएकाले कुनै मानवीय क्षति नभएको उनले जानकारी दिएका छन् ।
उक्त कारण त्रिभुवन विमानस्थल दिउँसो ९ मिनेट बन्द गर्नुपरेको प्रवक्ता श्रेष्ठले हामीलाई बताए । ‘बी ए ७०१’ उडान नम्बरको ‘एयर बस ३१०’ मा ११ जना चालक दलका सदस्यसहित २ सय १ जना यात्रु सवार थिए ।
घटनापछि विमान बंगलादेशको सो जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । भोलिसम्ममा बंगलादेशबाट विमानको चेकजाँचका लागि प्राविधिक टोली आउने र मर्मतपछि मात्रै विमानले उडान भर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
साभार : इमेज खबर
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment