रौतहट : मत्सरी गाबिस नजिकै रहेको बाग्मती नदी किनारमा एक महिलाको शव सोमबार फेला परेको छ। बागमती नदी किनारमा रहेको बासघारीमा महिलाको शव देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए।
मृतक महिला भारत बिहार सितामढी जिल्ला मिर्जापुर घर भएकी २२ बर्षिया राम दुलारी यादव रहेको प्रहरीले जनाएको छ।
एक महिना देखी हराइरहेकी ती महिलाको शव भेटीएको हो। मृतक बाबु राम आशिष यादवले छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा केही दिन अघि उजुरी दिएका थिए।
भिनाजु नातामा रहेका सर्लाही जिल्ला खैरवा गाबिस ९ का २६ बर्षिय कृष्ण यादवले सालीको अपहरण गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए।
आरोपित कृष्ण यादवको परिवार घर खाली गरेर फरार रहेको प्रहरीले जनाएको छ। सालीसँगको शारिरीक सम्बन्धका कारण गर्भ रहन गएको र गर्भपतन गर्न महिलाले नमाने पछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भिम ढकालले जानकारी दिएका छन्। -
अन्न पूर्ण पोस्ट
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment