नेपाल टेलिकमको सिडिएमए तथा स्काई फोन चलाउनुहुन्छ भने अब खुशिको खबर ।
नेपाल टेलिकमले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा आजैदेखि लागू हुनेगरी नेपालमै पहिलोपटक अनलिमिटेड फोन सुविधा ल्याएको छ ।
हरेक दिन राती १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको सिडिएमए तथा स्काई फोनबाट टेलिकमको जुनसुकै फोनमा फोन गर्दा मात्र २० रुपैयाँमा चाहेजति फोन गर्न सकिन्छ ।
मासिक २० रुपैयाँमा, कुनै एक नम्बरमा रातभरी कुराकानी गर्न सकिने नेपाल टेलिकम पोखरा शाखाका प्रमुख प्रकाश प्रधानले उज्यालोलाई जानकारी दिनुभयो । उपभोक्तालाई स्काई तथा सिडिएमए फोनमा आकर्षित गराउन यस्तो स्किम ल्याईएको उहाँको भनाइ छ ।
बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म लगातार ८ घण्टासम्म कुराकानी गर्दा २० रुपैयाँ मात्रै तिरे पुग्छ । नेपाल टेलिकमले तत्कालका लागि यो सुविधा ३ महिनाका लागि मात्रै उपलब्ध गराउने जनाएको छ ।
टेलिकमको स्काई तथा सिडिएमए फोनबाट टेलिकमको ल्याण्डलाईन, स्काई तथा सिडिएमए र जिएसएम सबै प्रकारका फोनमा कल गर्दा यो सुविधा लागू हुने नेपाल टेलिकम पोखराका सेल्स प्रमुख राजेश रेग्मीले जानकारी दिनुभयो ।
यसका लागि सिडिएमए फोन तथा स्काई मोबाईलको म्यासेज बक्समा गएर “night” टाईप गरी १४१५ मा म्यासेज पठाएर सेवा सञ्चालन गर्न सकिन्छ भने डाटाका लागि स्किम अनुसार १४५६ मा म्याजेस पठाएर सेवा सञ्चालन गर्न सकिन्छ ।
नाइटकलका एसएमएस पठाएपछि करसहित २४ रुपैयाँ ८५ पैसा शुल्क काटिने टेलिकमले जनाएको छ ।
यसैबीच, जिएसएम र सिडिएमए दुवै किसिमका पोस्टपेड मोबाइलका ग्राहकहरुले प्रति महिना ५० एमबी डाटा निःशुल्क पाउने भएका छन् । यो सुविधा पनि टेलिकमले तीन महिनासम्म दिनेछ । यसअघि नयाँ खरिद गर्दा २ हजार १ सय ३० रुपैयाँ पर्ने पोष्टपेड खरिद गर्दा अब १ हजार ४ सय ३० रुपैयाँमा पाईने पनि नेपाल टेलिकमले जनाएको छ ।
-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment