आजको पञ्चाङ्ग
आज मिति २०७० साल फाल्गुन १९ गते सोमबार, तदनुसार मार्च ३ सन् २०१४, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेश गरिसकेका छन् ।
शिशिर ऋतु चल्दै छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको द्वितीया तिथि १० घटि ३३ पला अर्थात बिहानमा १० बजेर ४२ मिनेटसम्म त्यसउप्रान्त तृतीया तिथिमा लाग्नेछ ।

आज सूर्य कुम्भ राशिमा रहेको छ भने चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान २८ घटि ५९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर २९ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ ।
आजको
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सरकारी काम नबन्ने, यात्रामा विभिन्न बाधा आईपर्नेछ, इज्जतमा आँच आउने, कुनै न कुनै रोगले सताउने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यमा क्रमिक सुधार हुने, कार्य अधुरा रहनेछन, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आदर सत्कार पाइने, व्यापारबाट लाभ हुन सक्ने, टाढाको यात्रा सफल रहने, दिन अत्यन्तै शुभ रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसिक पीडा थपिने, आँखामा खरावी आउने, अपजस पाइने, समग्रमा दिन खराब रहेकोछ सजक हुनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्तसंग कलह हुन सक्छ, मन चञ्चल हुनाले, वायूरोगले सताउनेछ सतर्क रहि कार्य सम्पन्न गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यशकीर्ति बढ्न,े शत्रुमाथि विजयी हुनाले घरमा नयाँ चहलपहल हुने, अधुरा कार्य पूरा ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धन तथा जमिन लाभ पाइने, सरकारी सम्मान मिल्ने, आफन्तसंग भेटघाट हुनेछ, दिन रमाइलो हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्तबाट विरोध हुने, पेशा प्रति असन्तुष्टि हुँदै जानेछ, आम्दानीमा कमी हुने, खर्चमा बृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यमा एक्कासि खरावी आउने छ, खानपानमा ध्यान पु-याउनुहोला, शोक पर्ने समाचार प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आरोग्यता, प्रशन्नता, सवै कामबाट लाभ, आर्थिक पक्ष सवल रहनेछ, धार्मिक कार्यमा मन जाने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खाना नपच्ने, चोटपटकको भय, नकारात्मक सोचाई, धनमाल हराउन सक्नेछ होसियारी अपनाउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शत्रुमाथि विजयले घरमा नयाँ चहल पहल हुने, शैक्षिक प्रगति, आफन्तको सहयोगले अधुरो कार्य पूरा हुने छ ।
Comments[ 0 ]
Post a Comment