राति साढे ११ बजे टाँडी-१ का दीपेन्द्र खड्काको घरमा पाहुना आएका बहिनी ज्वाई पर्ने इलाम बाँझो-८ का २८ वर्षीय राजकुमार लिम्बूले ३२ वर्षीया पत्नी पुष्पा लिम्बूलाई सुतिरहेको अवस्थामा पेटमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
गम्भीर घाईते पुष्पाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
पत्नीलाई खुकुरी प्रहार गरेपछि आˆनै पेटमा खुकुरी प्रहार गरी गम्भीर घाईते राजकुमारको उपचारका क्रममा शनिबार बिहान सबा तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बूले खुकुरी प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । केही समयदेखि आपसी विवाद गरिरहेका दुबैजनाबीच शुक्रबार दिउँसोमात्रै इलाका प्रहरी कार्यालय उर्लाबारीमा छलफल गरेर मिलापत्र भएको थियो
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment