पहिलो नयाँ उपन्यास 《 मेरो दुनियाँ 》
@ धराने ब्रो.
भाग ८ ( ख )
होंगकोंग कौलीन स्ट्रीट को लज बाट मोनू र बिनी सुमधुर माया को आनन्द उठाएर एउटा टेक्सी द्वारा चुंगकिन स्ट्रीट तीर फर्कियो ! टेक्सी मा सवार हुँदा पछिल्लो सिट बसेर मोनू लाई निक्कै झ्यामियेर अंगालो हालेकि थिई र मोनू लाई प्यौलिएर बोली `` मोनू सोल्टा खुसी हुनु हुन्छ हैन ?"
`

`झन दुखी बन्दैछु "
`` किन सोल्टा ? झन सोल्टा मोनू लाई खुसी परेर बिदा गर्न खोजेको बलिदान व्यर्थ भयो मेरो ?"
उ संग टासियेकी अंगालो हालेकि बिनी लाई मायालु पारा ले सुमसुमंयाउदै जावाफ दियो `` त्यस्तो होइन बिनी तिमीले दिएको यो बलिदान ले त जीवन भरी कोशेली को भारी बोकी दुखी बन्ने छू भनेको "
`` एस एस आई नो सोल्टा , तर मैले तपाई यो तन मन को माया सुम्पिएर बिश्वास जनाएको "
`` अनी तिमीले भनेको होईना बिहे भन्दा अगाडी कसैले छुन पाउदैन जसले मसंग बिहा गर्छ त्यही हकदार हुन्छ भनेको होईन बिनी ?"
`` तर तपाई सोल्टा को धेरै माया लाग्यो ! मन थाम्न सकिन एक दिन जसलाई भएनी यो जीवन लुटाउन या खेलौंना जस्तो भइ हाल्नु पर्छ , सोल्टा लाई नै खुसी लाग्यो सुम्पिदिए के बिराए !"
मोनू ले मन थाम्न सकेन बिनी को मुहार भरी जताततै मिठो चुम्मन दगिदियो ! बिनी भावविभोर भै ! बिनी ले पनि प्रति ऊत्तरमा त्यस्तै चुम्मन मोनू को गाला ओठ मा दिई ! मोनू को मनमा फेरी बिनी को लागी भावना जागंन थाल्यो तर अब उ २/४ दिनमा होंगकोंग बाट बिदा हुदैछ यो जान्दा जान्दै पनि बिचारी ले माया पिरती मा वाध्य भएर आफ्नो अमूल्य लाज को गहना एउटा अन्जान केटो लाई माया सम्झेर उपहार सवरुप दिई हाली ! मोनू ले धेरै माया गरे पनि उसलाई छोड्नु परेपछि माया प्रीती को के अर्थ रह्यो बिनी को लागी ! माया प्रेम मा धेरै उद्धार पनि ठीक हैन ! केटी को मन किन त्यस्तो मोमबत्ती जस्तो भएको होला जो बल्दै पग्ली हाल्ने ? फुलेर ओइलि हाल्ने ? फलाम ताते सरि जता मोड्यो उतै मोडिने किन भएको होला ? यो प्रेम रोग पनि केटा र केटी मान्छेमा किन भिन्न भएको ? यस्ता परिभाषा को अर्थ कसरी कस्ले बुझाउछ ! बिनी जस्तो हजारौ केटी हरु को कस्तो अवस्था भएको होला ? मोनू ले सोच्छ `` बिनी ले दिएको खुसी र सपना दिएको खुसी त्यों तनमन मा कति भिन्नता थियो ! " हुन त उसको पहिलो प्रेम बाल्यकाल को थियो तर भेटघाट छोटो सम्झना लामो भयो बसन्ती र उ मोनू को अनी इंडियन अनीता आई भेटघाट लामो सम्झना छोटो भयो , अहिले यो होंगकोंग शहर मा पनि मोनू को २३ / २४ दिनमा बिनी ले उसको लागी बिश्वास गराउन माया प्रेम को रोग ले गरस्त भएर आफ्नो अस्मिता नै लुटाई कुनै गुनासो बेगार कुनै पश्चताप बेगार मात्र मोनू को खुसी को लागी मोनू लाई फर्काई ल्याउने वा मोनू उसको बलिदान मा नमस्तक भएर फर्की आउने आशा ले बिनी यो सब मोनू लाई मिठो सम्झना गराएकी हो यो सब त भविष्य को समय हो के हुन्छ ? कस्तो हुन्छ ? मोनू ले चाहे पनि या बिनी ले मरिहत्ते गरे पनि भविष्य ले अहिले कसरी बताउन सक्छ ? यस्तै यस्तै... मोनू ले बेहाशा चुम्मन बिनी लाई गरे पछि भन्छ ``बिनी लाई होंगकोंग बाट लैजान सक्ने भये
नि हुन्थियो तैपनि पछि ट्राई गरुला "
बिनी ले मोनू को आखां मा आखां जुधाउदै लाज मिश्रित भाव मा भन्छे `` किन दुइ पल्ट खुसी ले पुगेन मोनू सोल्टा लाई ह ?"
`` यस्तो प्रेम मिसिएको खुसी को प्यास कहिले छिट्टो मर्छ र बिनी !"
`` धन्दा न मन्नू मोनू सोल्टा अब जति दिन तपाई होंगकोंग मा हुनु हुन्छ मौका हेरेर खुसी दिउला "
`` होर बिनी मेरो लागी धेरै सिक नबन मो घरी घरी स्वार्थी बनोउ त्यों मेरो आत्मा ले गाली र श्राप दिन्छ बिनी भो अब "
`` त्यसमा मेरो स्वार्थ पनि गासिएको छ , सोल्टा राजा लाई मात्रै स्वार्थी बनाउदीन "
`` उद्धारवादी ले पनि जीवन लाई पराजय गराउछ बुझेउ मेरी रानी !"
`` आई नो एस योर गुड सजेसन ऑलवेज बट मलाई पूर्ण बिश्वास छ एकदिन यो खुसी फर्की आउछ , तपाई को रुपमा "
`` एउटा कुरा सच्चों भन ल "
`` सोध्नु मेरो मन ले तपाई को लागी झूठ बोल्ने शक्ति हुने छैन "
`` हामी मित्र हरुमा तिमीले सुनील लाई चाहेको जस्तो लागथियो उ धेरै हेंडसम पनि हो फेरी मो तीर तिम्रो मन कसरी सर्यो नि ?"
`` रूप त्यों हो जसको हृदय राम्रो हुन्छ , तपाई को बोली तपाई को मन ले मलाई मोहनी लगायो अनी "`` अनी के ?"
बिनी झन मोनू संग लिसो टासिये झै भएर झन टासिएर मुस्कान दिदै बोल्छे - `` अनी अरु त्यही हो माया प्रेम को सदाबहार मा म उमंग भए "
`` मो बाहेक पहिला कोही संग प्रेम गरेउ कि गरेको थेउन ?"
`` गरेको छू तर मान्छे संग हैन काम संग आफ्नो फ्यूचर संग "
`` मलाई फ्यूचर सम्झिन्छौ ?"
`` तपाई म ख़ास लेक्चर सम्झिन्छु " बिनी भनी सकेर खिति तिति"" गरेर हाँस्छे अनी मोनू पनि हाँस्छ् र बोल्छ `` तिमीलाई पनि मेरो हावा ले छोएछ "
`` त्यै त सोल्टा को हूरी बतास हावा हुण्डरी लागेर तपाई संग टासिएको देखनु भएन ?"
`` ओह बिनी सोल्टिनी त बोल्न हरिप रैछ हो "
`` हो त नि संगत कसको चलेको छ ! सोल्टा सोल्टिनी के को नाता श्रीमान , श्रीमती हैन र ?"
`` हो तर सिंदूर पोते हुन बाकी छनी "
`` श्रीमान को कर्तब्य पूरा गरि हाल्नु भो यो सिंदूर पोते को हैसियत हैन ?" बिनी ले गाला मा चिमटछे मोनू लाई अनी हाँस्छ्न दुबै जाना तब मोनू ले पनि उही पारा ले जिस्किएर बोल्छ - `` श्रीमती को हुकुम न भै मेरो कसरी आट आउछ ?"
`` जोवन छौंउनजेल त हुकुम यस्तै मिठो हुन्थियो मेरो राजा तर निष्ठुरी भएर जान लाग्नु भयो मेरो चाहना सधै अब तुषारो परेको पात बन्ने भो "
`` पख एकदिन फेरी भेटेर सधै पातमा माया प्रेम को वर्षा ले भिजाइ रहुला सधै "
`` यही सधै को पर्खाईमा मेरो मायाको हरियाली पात बिछोड को खडेरी ले पतझड़ न बनोस "
`` मेरो तर्फ बाट प्रतिघात हुदैन "
ओह गफाई गफमा चुंगकिन स्ट्रीट को चुंगकिन टावर छेउमा टेक्सी रोकिन्दा पो बिनी र मोनू झसंग भए !
मोनू ले टेक्सी को भाड़ा दिएर बाहिर निस्किएको त साझ पो परिसकेछ !
अहिले यहॉं को टाइम छ बजैछ ! मोनू र बिनी लिफ्ट द्वारा माथि १६ तला उक्लिन्छन् !
क्रमश :
दर्शन नमस्ते
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment