सन् २०१३ मा इन्टरनेटमा सबैभन्दा बढी सर्च गरिएकी पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोनले यो वर्षको सुरुवातमै मोबाइल ऐपमा पनि छाएकी छन् ।
सनी नियोनको आधिकारिक ऐपमा सबैभन्दा बढी डाउनलोड गरिएको ऐप बनेको छ । समाचारअनुसार यो ऐप अहिलेसम्म तीन लाखभन्दा बढी डाउनलोड भइसकेको छ।
यो अवस्था यो निःशुल्क ऐप सार्वजनिक भएको एक महिनाको हो । यही वर्ष जनवरीमा गुडगाउँको एक कम्पनीले सनी लियोनको आधिकारिक ऐप लन्च गरेको थियो ।
सनी लियोन मोबाइल ऐपको माध्यमबाट प्रयोगकर्तालाई सनीको फोटो, भिडियो र बालपेपर उपलव्ध हुन्छ । तर, बयस्क सामग्री हेर्न चाहनेहरुको आशा भने यहाँ पूरा हुँदैन ।
यो ऐप इन्ड्रोयड, आइओएस र विन्डोजमा आधारित फोनमा डाउनलोड गर्न सकिन्छ । यसका साथै सनीका प्रशंसकलाई आकर्षित गर्न प्रतियोगिता पनि यो ऐपको एउटा हिस्सा हो ।
यसरी नै गत वर्ष नोभेम्बरमा जारी गरिएको सचिन तेन्दुलकरको ऐप पनि प्रतिदिन ३ हजार पटकसम्म डाउनलोड गरिएको थियो। यद्यपि सचिनको ऐप सनी लियोनभन्दा निकै पछाडि पर्दै करिब एक लाखपटक मात्र डाउनलोड भएको थियो। चर्चित र लोकप्रिय हस्तीहरुको ऐपको माध्यमबाट मोबाइल बजारमा कदम राख्ने एउटा उत्तम विजनेश आइडिया बन्दै गएको छ ।
कम्तीमा पनि यो दुई ऐपको तिब्रताका साथ बढिरहेको ग्राफले त्यसैको संकेत गरेको छ। एजेन्सी
-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment