अचेल बलिउड नायिका सोनम कपुर आफू अभिनित ‘बेबकुफियाँ’ को कारण निकै चर्चामा छिन् ।
बेबकुफियाँमा उनको उत्तेजक बिकिनी तस्वीरले हंगामा पिट्न थालेपछि एकाएक सोनमको चर्चा बढेको हो । अनिल कपुर पनि बेबकुफियाँले छोरी सोनमको हाइट बढाउनेमा मख्ख छन् ।
‘यो फिल्मले सोनमको गज्जब सुरुआत हुनेछ’ ग्ल्यामर दुनियाँमा पसेकी सोनमको बारेमा अनिलको टिप्पणी हो यो । यता सोनम पनि बुबाको प्रतिक्रियाले मख्खिएकी छिन् । आफ्नो बुबा खुला विचारको कलाकार भएको बताउँदै उनी भन्छिन् ‘मलाई मेरो बिकिनीदेखि कुनै टेन्सन छैन ।
’ उनी आफ्नो बिकिनी अभिनयको बारेमा बुबा अनिललाई पहिला नै थाहा भएको र यसलाई सहज रुपमा लिइदिएको बताउँछिन् । अनिल स्वयंले पनि बिकिनीमा कयौं हिरोइनसित रोमान्स गरेका छन् । यसमा अभ्यस्त उनले ग्ल्यामर दुनियाँमा पसेकी छोरी सोनमको बिकिनी अभिनयलाई पनि सहज लिएका हुन् ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment