बैतडी, फाल्गुन २१ - राम्रो केटासित विवाह गराइदिने प्रलोभन देखाई जबर्जस्ती भारतको बैंगलोर पुर्याएकी एक युवती घर फर्किएकी छन् । ती युवतीले छिमेकी बहिनी र २ युवकविरुद्ध प्रहरीमा मुद्दा दायर गरेकी छन् । देउलेक गाविसकी १७ वर्षीया ती युवतीले पीडकमाथि बंगलोर लगेर यौन दुव्र्यवहार र बेचबिखनको प्रयास गरेको आरोप लगाएकी छन् ।
उनले कटौजपानी ५ कालागाउ ओसैलाका नरेश बिष्ट र उनकी श्रीमती हिमा भट्ट र सोही ठाउँका नरेन्द्र बिष्टविरुद्ध मानव बेचबिखन र ओसारपसारसम्बन्धी मुद्दा दर्ता गराएकी हुन् ।
हेमा ती युवतीकी छिमेकी बहिनी हुन् ।
गत माघ २२ मा घरबाट दार्चुला लगेर राम्रो केटासित बिहे गराइदिने भन्दै सीमा बजार जुलाघाटमा नरेश र हिमाले जबर्जस्ती बसमा बसाएका थिए । उनीहरूले दिल्लीमा बिहे गरी घर फर्काइदिने भन्ो पनि दिल्लीबाट २ दिनमा बैंगलोर पुगेपछि नरेन्द्रको जिम्मा लगाएको पीडितले बताइन् ।
नरेन्द्रले आफूमाथि यौन दुव्र्यवहार गरेको उनले बताइन् ।
मदिरा सेवन गरी कोठामा एक्लै राखेर जबर्जस्ती गर्न खोज्ोपछि भागेर प्रहरीकहाँ पुगेको उनले बताइन् ।
बैंगलोर प्रहरीले उनलाई उद्धार गरी नेपाल फर्काएको थियो । कोठाबाट भाग्न खोज्दा नरेन्द्रले पछाडिबाट बोतलले हान्दा युवतीको हातमा चोट लागेको छ । बैंगलोर प्रहरीले युवतीको उद्धार गरी उनका दाइको जिम्मा लगाएको थियो । दाइले नै त्यहाँबाट उनलाई घर ल्याएका थिए ।
बैंगलोर पुगेको २ दिनपछि दिल्लीमा काम गर्दै आएका युवतीका दाइले थाहा पाएपछि उनको उद्धार गरिएको हो । '
बहिनीलाई बंैगलोर पुर्याएको गाउँलेबाट थाहा पाए,' पीडित युवतीका दाइले भने, 'म दिल्लीबाट त्यहाँ पुग्ोर यता ल्याएको हँु ।' सोमबार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भरत शाहले बताए । उनले अभियुक्त तीनै जना भारतमै रहेको बताए । यसअघि ती युवतीका आफन्तले प्रहरीमा हराएको उजुरी दिएका थिए ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment