साउदी अरबमा ५
कामदारलाई जिउँदै गाडियो
•••••••••••••
१७ फागुन,काठमाडौं।
साउदी अरबको कातिफ जनरल कोर्टमा ३
मानिसले पाँच जना एसियाली नागरिकलाई
यातना दिएर जिउँदै जमिनमा गाडेको स्विकार
गरेका छन्।
अघिल्लो महिना मात्र कुहिएर नचिनिने
अवस्थामा पाँच शव कातिफको साफवामा भेटिएको थियो।
ती पाँच एसियाली कामदार
भारतिय हुन सक्ने अनुमान छ तर निश्चित भने
छैन् ।
उनीहरुलाइ सन २०१०
मा मारिएको ३ आरोपीले अदालतमा स्विकार
गरेका छन
यही घट्नामा जोडिएका २५ जनालाई
प्रहरीले पक्राउ गरेको छ। पक्राउ
पर्नेमा साउदी अरबका सहित अन्य
देशकमा पनि छन्।
एक व्यक्तिले अदालतमा बताए अनुसार, चार
वर्षअघि उ साथीसंग
रक्सी सेवन गरेर
गाडीमा चलाइरहेको थियो। उसलाई
अचानक अर्को साथीले
नजिकैको फार्ममा बोलायो। रातीको १० बजे
त्यहाँ पुग्दा पाँच जना कामदार,भारतीय
भएको आशंका,लाई डोरी बाँधेर
राखिएको थियो।
उसको साथीले बाँधेर राखिएका बारे
सोध्दा,उनीहुरलाइ बोलाउनेले
आफ्नो स्पन्सरको छोरी र
अर्को महिला माथि यौन दुर्व्यवहार गरेकोले
यसो गरेको बताएका थिए।
…
ती व्यक्तिले अदालतलाई बताए अनुसार,'
मैले पाँच जना भारतीय कामदार अचेत
अवस्थामा बाँधेर राखेको देखेको थियो।
हामी अर्को कोठमा पिउन र गाँजा तान्न
गयौं। हामिले पिइ रहेका बेला एउटा मानिस
बेस्सरी चिच्यायो, म गएर एक थप्पड
लगाएर आए ।'
एकपछी मसंग आएको साथीले
लठ्ठी लिएर कोठबाट बाहिर गयो र
बाँधिएकाहरुलाइ रगत नआउन्जेल कुट्यो ।
…
केही छिनपछी हामी
तिनै जनाले रक्सि खाँदै, गाँजा तान्दै कुट्न थाल्यौ ।
हामीलाई बोलाउने साथीले पाँचै
जनालाई जिउँदै गाड्ने प्रस्ताव राख्यो।
त्यसपछी ट्रकमा राखेर पाँचै जनालाई
फार्मको गेटमा पर्यायौं। पाँचै जनालाई परिचयपत्र
सहित साढे दुइ मिटर गहिरो खाल्डलोमा जिउँदै
पुरिदियौं।'
'त्यसपछि म र मेरो साथी फर्कियौ,
हामीलाई बोलाउने साथी भने
एक्लै त्यहीं थियो।'
एक व्यक्तिले
अदालतमा भने।
उक्त फार्म भाडामा लिएका अलि हबिबले सरसफाई
गर्ने क्रममा यो पत्ता लागेको हो। हबिबले
भाडामा लिनु अघि उक्त फार्म अर्के मानिसले
भाडामा लिएको थियो।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment