१४ चैत्र, काठमाडौं - लोक तथा दोहोरी गायिका मञ्जु महतको अवस्था गम्भीर बनेको छ ।
जमलमा रेकर्डिङ स्टुडियोतर्फ जादै गर्दा बिहिबार गल्कोपाखामा उनी चढेको स्कुटरलाई दुर्इवटा माइक्रोबसले ठक्कर दिएको थियो । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार मञ्जुको अवस्था खतरामुक्त छैन ।
अस्पताल पुगेका गायक पशुपति शर्माका अनुसार उपचारमा संलग्न डाक्टरले भगवानसँग प्रार्थना गर्नुहोस् मात्रै भनेका छन् ।
दुर्घटनाबाट मञ्जुको टाउको, देब्रे गोडा र छातीमा चोट लागेको छ । उनको अहिलेसम्म पनि होस नआएको संगीतकार श्रीकृष्ण बम मल्लले बताउनुभयो । मञ्जुको स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा कलाकारको ठूलो भींड लागेको छ । -
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment