मुल्याङ्कनएक युवक टेलिफोन पसलमा गएर एउटी युवतीलाई फोन गर्छ यी दुवैको वार्ता नजिकै भएकोले पसल मालिकले स्पष्ट सुन्दछ। सामान्य हाई, हेलो पछि युवकले यसरी कुरा सुरु गर्यो। युवकः बर्षौ देखि म तपाईँको माया पाउन तडपिइ रहेको मान्छे हुँ म सामुन्ने आउन नसकेको कारण तपाईँले अरू कसैलाई मनपराउनु हुन्छ भन्ने थाहा भएर मात्र हो। सोचेको थिए कुनै दिन मेरो प्रेमको तागतले तपाईँलाई मसँग ल्याइपुराउने छ तर आज सुने तपाईँले बिहे गर्दै हुनुहुन्छ रे मैले स्वयम् लाई रोक्न सकिन आज, फोन गर्न बाध्य भए मेरो मायामा बिस्वास गर्नुहोस् म हजुरलाई त्यो केटा भन्दा ज्यादा माया गर्छु।
युवतीः हेर्नुस आफ्नो समय र मेरो समयको ख्याल गर्नुहोस् म बेकारका कुरा गर्ने केटी होइन जहाँ सम्म मायाको कुरा छ म आफ्नो प्रेमी प्रति निकै खुसी छु अनि छिटै हाम्रो बिहे हुँदैछ।
युवकः प्लीज बुझ्ने कोसिस गर्नुहोस् म तपाईँ बिनाको जीवन कल्पना गर्न सक्दिन
युवतीः सरी
युवकः फोन नकाट्नु मेरो कुरा राम्ररी सुनेर बुझ्ने प्रत्येन गर्नु हजुरले मनपरायको केटा साधारण नोकरी गर्ने मान्छे हो गरीब केटाको बुद्धि पनी गरीब नै हुन्छ तपाईँलाई कसरी सुखी राख्ला म संग धन सम्पत्तिको कुनै कमी छैन तपाईँले चाहेको गरीब केटा भन्दा निकै ह्यान्सम पनि छु संसार भरी हजुरलाई घुमाउने मेरो औकात छ मेरो प्रेमलाई कबुल गर्नुस.....
बोली अधुरो रह्यो युवकको उसको बोली पुरा हुनु भन्दा पहिले नै अर्को तर्फबाट युवतीको गर्जिलो आवाज आयो- शटअप! खबरदार अब एक शब्द पनि बोल्यौ भने मेरो मान्छे गरीब छ तर तिमी भन्दा धेरै धनी छ मनको, बाहिरी आवारणमा तिमी भन्दा ह्यान्सम नहोला तर सुन्दर दिल छ उसको, इमान्दारी सबै भन्दा ठुलो धन हो यो कुरा तिमी जस्तो धनको रौब देखाउनेले बुझ्न सक्दैनौ, आईन्दा फोन गरेको खन्डमा सिधा पुलिसमा रिपोर्ट गर्ने छु।
यसको लगत्तै युवतीले फोन काटी।
युवकको मुहारमा अचम्म को भाव आयो।
आफ्नो फोन को बिल तिरेर हिँड्ने क्रममा पसल मालिकले(जुन उनी हरूको कुरा राम्ररी सुनेको थियो) भन्यो - धनसम्पती भए पनी किस्मत भने राम्रो रहेनछ हजुरको।
युवकले मिठो मुस्कान दियो- गलत भन्नु भयो महाशय, धनसम्पती नभएनी भाग्य भने अवश्य राम्रो हो मेरो
पसल मालिकलाई बुझ्न अप्ठ्यारो भयो - मतलब ?
त्यो केटीको गरीब प्रेमी केटा मै हुँ, मैले त केवल आफ्नो प्रेमको मुल्याङकन गरेको थिए। मेरो प्रेममा कुनै कमी कमजोरी त छैन भनेर।थाहा पाएँ, मेरो माया जति उनी प्रति हो त्यो भन्दा साह्रै म प्रति उनको माया रहेछ भन्ने, म आफ्नो भाग्यमा गर्वित छु।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment