अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा अजिंगर र गोहीको जबरजस्त युद्ध भएको छ र अन्तिममा ठूलो सर्प कै जित भएको छ । सर्पले जित मात्र हात पारेन, पानीमा बस्ने खतरनाक गोहीलाई आहारा समेत बनाएको छ ।
माउन्ट ईसामा भएको यो घटना स्थानीयले आफ्नो क्यामरामा कैद गरेका छन् ।
१० फिट लामो अजिंगरले गोहीलाई बेरेको थियो । तर, जबरजस्त भिडन्त भने पानीमा भएको थियो ।
सापले गोहीलाई के खान मात्र लागेको थियो, देख्नेहरु आश्चर्यमा परे ।
यो घटनालाई नजिकबाट हेरेका स्थानीय लेखक टिफेनी कोर्लिसले भनेका छन्-यो अद्भुत दृश्य थियो । हामीले देख्यौं कि अजिंगर र गोही लडिरहेका थिए । अजिंगरले गोहीलाई बेरेर हातखुट्टा बाँभ्यो र घिसार्दै पानीमा लग्यो ।’
उनले अघि थपे-असली लडाइ पानीमा भएको थियो । गोही आफ्नो टाउको पानीबाट बाहिर निकाल्ने प्रयासमा थियो । तर, अजिंगरले दिएन ।
जब गोहीको सास गयो, बाहिर ल्यायो र अजिंगरले गोहीलाई निल्न थाल्यो ।’ उनका अनुसार करिब १५ मिनेटभित्र अजिंगरले गोहीलाई खाएको थियो । अर्का एक प्रत्यक्षदर्शीले यो गोही र अजिंगरबीच ५ घण्टासम्म युद्ध भएको बताए ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment