८ चैत, काठमाडौ । श्रीलंकामा जारी १४ वर्षमूनिको एएफसी च्याम्पियनसिप छात्रा फुटबलमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ ।
तपाई ले खोजेको विडियो हेर्न यहाँ click गर्नुहोस्
शनिवार भएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई ४-० ले पराजित गर्दै नेपाली चेलीले तेस्रो जित दर्ता गरेका हुन् ।
खेलको १६ औँ मिनेटमा भावना मुखियाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । यस्तै अर्को गोल खेलको १८ औँ मिनेटमा अलिशा जिम्बाले गरिन् ।
खेलको ३३ औँ मिनेटमा नै रेखा पौडेलले गोल गर्दै पहिलो हाफमै ३-० को अग्रता दिलाइन् । खेलको दोस्रो हाफमा मिथिला कुमारीले गोल गर्दै नेपाललाई ४-० को जित दिलाइन् ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment