शाकाहारी प्रचारमा रहेही चर्चित मोडल, नायिका तथा सेलिब्रेटी पामेला एन्डरसन अहिले पुनः चर्चामा छिन्। उनले आफ्नो पूर्व पति रिक सैलोमनसँग पुनः विवाह गरेपछि उनी चर्चामा आएकी हुन् ।
बिग बोसको सिजन ४ मा भाग लिइसकेकी ४६ वर्षीया पामेलाले यसपटक बजारमा रहेको चर्चाको पुष्टि गर्दै आफ्नो वैवाहिक औंठी देखाएकी छन्।
पामेलाले भनेकी छन्–हामी खुसी छौ, हाम्रो परिवार खुसी छ । र, यसैले जीवनमा अर्थ राख्छ । पामेला र रिकले यसअघि सन् २००७ अक्टोबरमा विवाह गरेका थिए । तर, दुई महिनापछि नै उनीहरुले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।
भारतमा भर्खरै टेलिभिजन च्यानलहरु सुरु हुँदै थियो। त्यतिबेला टेलिभिजनमा अमेरिकी टेलिभिजन शो बेवाच आउने गर्दथ्यो। त्यसमा समुद्रमा हुने अपराध देखाइन्थ्यो । समस्या समाधान गर्ने टोलीको एक सदस्य थिइन् पामेला पनि । जो सधैं रातो बिकिनीमा देखा पर्ने गर्दथिइन् । त्यसैले उनलाई भारत, नेपालजस्ता मुलुकमा पनि चिन्न थालियो। सन् २०१० मा रियालिटी शो बिग बोस सिजन ४ मा आएपछि उनले दक्षिण एसियामा पनि चर्चित बनिन्। तर, उनी बिगबोसको घरमा भने मात्र तीन दिन मात्र रहिन्।
पामेला एन्डरसन टीभी, फिल्म र मोडलिङको करिअरबाट भन्दा बढी व्यक्तिगत विवादास्पद जीवनका कारण बढी चर्चामा आइन्।
सन् १९९५ मा पामेलाले सबैलाई आश्चर्यमा पार्दै टमी ली नाम गरेका एक ड्रमरसँग विवाह गरिन् । यी दुईको भेटघाट केही दिनमै विवाह भएको थियो। विवाह समुद्र किनारमै भएको थियो। पामेलाले विवाहका समय बिकिनी नै लगाएकी थिइन्। पामेलाकी आमाले पनि छोरीको विवाहको खबर एक पत्रिकाबाट थाहा पाएकी थिइन् । तर, त्यो विवाह पनि दुई सातामै समाप्त भयो। सन् २००७ मा पामेलाले चलचित्र निर्माता रिक सैलोमनसँग विवाह गरिन् । त्यो विवाह दुई महिना मात्र टिक्यो।
टमी ली र पामेला जब आफ्नो हनिमुनमा थिए, तब दुई जना मिलेर सेक्स टेप सूट गरेका थिए । पछि त्यो टेप पामेलाको घरबाट चोरी भयो। लगत्तै उक्त टेप इन्टरनेटमा सार्वजनिक भयो । पामेलाले यो बेच्ने कम्पनीमाथि मुद्दा हालिन्। पछि अदालतमा दुवै पक्षबीच सम्झौता भयो । पछि टेप वैध ढंगले विक्रीका लागि उपलव्ध भयो। एजेन्सी
-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment