फेसबुक फ्रेन्डसँग स्वास्नी पोइल गएपछि बिचल्ली
HIT LIKE N SHARE FRDZ
»•• टि 20 विश्वकप super 10 @@[0:[289531494505478:1:sri lanka vs TBC (Q B10]] बिच हुन गैरहेको खेल को हरेक बलको लाईभ Update हेर्न यो क्रिकेट सम्बन्धित पेज लाइक गर्नुहोस् @[289531494505478:अचम्म].... @@[0:[289531494505478:1:पर्तेक बल live update को विडियो ..हेर्न को लागि पेज like ..के यो कप हाम्रो देस को हुन सक्छ ...?]]“मैले साउदी अरबमा काम गरेर सबै पैसा पठाएँ र
तिम्रो
लागि स्कूटर पनि किनिदिएँ। मलाई किन
धोका दियौ ?” साउदी अरबबाट भर्खरै फर्किएका लोग्ने पोइल
गएकी आफ्नी श्रीमतीलाई काभ्रे
जिल्ला प्रहरी कार्यालयमा यस्तो प्रश्न सोध्दै थिइन्।
यस्तो घटना धेरै ठाउँमा भएको होला, तर
एउटा प्रतिनिधि घटना आइतबारको द हिमालयन
टाइम्समा छापिएको छ। पहिलो पेजमा छापिएको सो समाचार
अनुसार फेसबुकबाट गाँसिएको परपुरुषसितको सम्बन्धले
परिवार टुक्रिन पुगेको देखियो। घटना नाटकीय देखिन्छ। काभ्रे घर भए पनि २६ वर्षकी श्रीमती स्वयम्भूस्थित
भाडाको कोठामा बस्थिन्। गएको मंगलबार साउदी अरबबाट
श्रीमान् फर्केका थिए।
त्यही साँझ तरकारी किनेर आउँछु है
भनेर पाँच वर्षकी छोरी र श्रीमान्लाई छाडेर स्कूटर चढेर
गएकी उनी फर्किनन्। खासमा उनी फेसबुक फ्रेन्डको बनेपास्थित
घरमा पुगिसकेकी थिइन्। साढे चार वर्षदेखि साउदी अरबबाट कमाएर पठाएको पैसा सबै
लिएर स्वास्नी बेपत्ता भएपछि लोग्नेले
जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गरे- लौ न
खोजिदिनु पर्यो। गएको बिहीबार प्रहरीले ब्वाइफ्रेन्डसहित स्वास्नीलाई
हिरासतमा लियो। अनुसन्धान गर्दा थाहा भयो, तीन वर्षअघि फेसबुकबाट उनले
यी ब्वाइफ्रेन्डलाई चिनेका रहेछन्। छ वर्षअघि जीवन र सम्झनाको बिहे पनि लभ म्यारिजै
रहेछ।
साउदी अरबमा काम गर्न जानुअघि जीवनले
स्वास्नीका लागि स्वयम्भूमा भाडामा कोठा लिएर छाडेर
गएका थिए। लोग्ने विदेश गएपछि सम्झनाले पनि छोरीलाई स्याहार्दै एक
वर्ष बिताइन्। छोरी हुर्कँदै गइन्, सम्झनाले फेसबुक चलाउन
थालिन् र युवराजलाई उनले साथी बनाइन्। दुवैले आफूलाई
अविवाहित भनेका रहेछन्। फेसबुकको भेट डेटिङसम्म
तन्कियो। त्यसपछि अनैतिक सम्बन्ध बढ्न थाल्यो। युवराजसँग रोमान्सको क्रममा सम्झनाले जीवनले
साउदी अरबबाट पठाएको सबै पैसा उडाउन थालिन्।
ब्वाइफ्रेन्डसँग सहज हुनका लागि उनले आफ्नी छोरीलाई
पनि घरमा पठाइदिइन्। सम्झना र युवराजले जीवनले साउदी अरबबाट पठाएको १६ लाख
रुपियाँमात्रै पच नगरी नातेदारहरुबाट जग्गा किन्ने भन्दै एक
लाख ३० हजार नगद र करिब चार तोला सुन समेत ऋण
लिएको आरोप छ। अघिल्लो शुक्रबार
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा जीवनले
छोरीको अभिभावकत्वसहित स्वास्नीसँग सम्बन्ध विच्छेद
चाहेको बताए। जीवनले आफूले पठाएको सबै पैसा,
किनिदिएको स्कूटर र नातेदारहरुबाट लिएको ऋण
तिर्नुपर्ने माग गरेपछि कुरा मिलेन। सम्झनाले पैसा फिर्ता गर्न दुई महिनाको समय मागिन्।
अहिले सम्झना फेसबुकबाट चिनेर बनेको ब्वाइफ्रेन्डका साथ
प्रहरी हिरासतमा छन्। अघिल्लो हप्ता बाराको सिमराबाट पनि त्यस्तै
खालको एउटा समाचार आएको थियो। त्यो घटनामा श्रीमान्
भने उपस्थित थिएनन्। श्रीमान् विदेशमा रहेकै
अवस्थामा ससुराले बुहारीलाई
ब्वाइफ्रेन्डको जिम्मा लगाइदिए प्रहरीको रोहवरमा। छोरो विदेशिएका बेला परपुरुषसँग बुहारी भेटिएपछि दुवैलाई
कोठामै रातभर थुनेर ससुराले भोलिपल्ट प्रहरी कार्यालय
पुर्याएका थिए। स्थानीय गाउँले र
माइती पक्षसमेतको रोहवरमा बुहारीले त्यही युवकसँग जीवन
बिताउने बताइन्।
प्रहरी कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गर्दै ती युवकले पनि आफूले प्रेम गरेकाले श्रीमतीको रुपमा स्वीकार गर्ने बताए।
महिलाको अहिलेसम्म सन्तान नभएको र युवक
पनि अविवाहित भएकोले अरु अप्ठेरो परेन। वैदेशिक रोजगारीका लागि दिनहुँ
सयौँको संख्यामा युवा विदेशिँदै
गरेको अवस्थामा यस्ता सामाजिक समस्या दिनहुँ बढ्दो छ।
यसलाई नियन्त्रण गर्न मनोवैज्ञानिक, सामाजिक, नैतिक
परामर्श दिने काम भने हुन सकेको छैन। त्यसो त अमेरिका जस्ता देशमा पनि सम्बन्ध
विच्छेदमा फेसबुकले बढावा दिइरहेको रिपोर्ट नआएका हैनन्।
बेलायतमा पनि ३३% ले सम्बन्ध विच्छेदको कारण फेसबुक
भनेका रहेछन्। नेपालमा यसबारे खासै अध्ययन भएको छैन।
वैदेशिक
रोजगारको पाटो त्यसमाथि फेसबुकजस्तो सजिलो सम्बन्ध विस्तारको माध्यमले परिवारमा परिरहेको असरको झलक भने
माथिको घटनाबाट पाउन सकिन्छ।
★☆★☆★☆★☆★☆★☆★
HIT LIKE AND SHARE FRDZ
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment