६ चैत, महोत्तरी । चर्को आवाजसहित अश्लील गीत बजाएर समाजमा विकृति बढाएको भन्दै महोत्तरी प्रहरीले भारतीय डिजे बाजा नियन्त्रण अभियान थालेको छ ।
सांस्कृतिक र सामाजिक गरिमामा आँच पुर्याउने अश्लील र दोहोरो अर्थ लाग्ने गति बजाएर महिलाको आत्मसम्मानमा चोट पुगेको जनाउँदै प्रहरीले डिजे गीतमाथि नियन्त्रण अभियान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
प्रहरीले जिल्लाको जलेश्वर, मटिहानी, सम्सीलगायत एक दर्जनभन्दा बढी गाउँबाट २८ थान भारतीय डिजे बाजा नियन्त्रणमा लिएको जनाएको छ । जसबाट ध्वनि प्रदूषणमा कमी आएको छ ।
अहिले भारतीय डिजेमाथि प्रहरीले कडाइ गरेपछि जिल्लाको ग्रामीण र सहरी क्षेत्रमा अश्लील गीत र होहल्ला कम भएको छ भने कर्कस आवाजबाट जिल्लावासी राहत महसुस गरेका छन् । रासस
कृपया लाइक गर्दिनुहोस
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment