सडकमा हात फैलाउँदै भिख माग्नेहरु करोडपति हुन सक्छन भनेर तपाईले कहिल्यै कल्पना गर्नुहुन्न होला । त्यसैले त मानिसमा उनीहरुको दुःख देखेर दया र करुण पलाउँछ, अनि खल्तीबाट पैसा निकाल्दै उनीहरुलाई दिन्छन, ता कि एक छान खान पुगोस् ।
यिनै सडकमा भिख माग्नेहरु करोडपति पनि हुन्छन भन्ने हालै आएर खुलेको छ । घटना साउदी अरबको जेद्धाहको हो ।
जहाँ, झण्डै ५० बर्ष सडकमा भिख मागेर बिताएकी अन्दाजी एक सय बर्षकी एक बृद्धाको हालै निधन भयो ।
यी पपुलर बृद्धाको निधन त्यतिखेर संसारभरका मानिसलाई आँखा तिरमिर बनाउने भयो, जब उनी करोडपति भएको खुलासा भयो ।
१० करोडको सम्पत्ति
साउदी गजेट पत्रिकाका अनुसार यी बृद्धाको मृत्युपछि उनको सम्पत्तिको नालीबेली खुलेपछि जिब्रो टोक्ने अबस्थामा पुगेका छन् । स्थानीय बासिन्दाका अनुसार यी बृद्धासँग झण्डै ३० लाख रियाल बराबराको सम्पत्ति र झण्डै १ लाख रियाल बराबरको गरगहना रहेको पत्ता लागेको छ । आइतवारको बिनिमय दरअनुसार यो झण्डै १० करोड रुपैयाँको सम्पत्ति हो ।
उनी माग्दै आएको जिल्लामा मात्र उनका चारवटा घर रहेको पाइएको छ । इसाका बाल्यकालका साथी एवं उनलाई निकै लामो समय हेरबिचार गरेका अहमद अल सेदीका अनुसार उनी लामो समयदेखि सडकमा भिख माग्दै आएकी थिइन् ।
उनकी आमा र बहिनीबाहेक अरु कोही पनि नातेदार थिएनन् । उनका आमा र बहिनी पनि मगन्ते नै थिए । उनीहरु सवै मिलेर मागेको पैसाबाट यो सम्पत्ति जोडन सफल भएको उनले सुनाए ।
‘उनीहरुले चाडपर्वका बेला, बिशेषगरी इदका बेला निकै ठूलो धनराशी पाउँथे’ अहमदले सम्भिmए- आमा र बहिनीको मृत्युपछि पनि इसाले माग्ने कर्म छाडिनन् ।’
निकै धेरै पैसा कमाइसक्यौ अब माग्न छाडिदेऊ भनेर निकैपटक सम्झाए पनि इसाले १ सय बर्षको उमेरसम्म पनि सडकमै बसेर मागेको उनले सम्भिmए ।
इसाले सइदलाई १५ बर्षअघि थुप्रै सुनका गरगहना दिएकी थिइन् । अप्ठेरो परेका बेला यो काम लाग्ने उनले आफुले नभन्दासम्म नबेच्न आग्रह गरेकी थिइन् ।
अहिले ती सवै गरगहना उनले प्रहरीलाई जिम्मा लगाएका छन् भने स्थानीय अदालतलाई पनि इसाको बेबारिसे सम्पत्तिबारे जानकारी गराएका छन् । कानुन बमोजिम उनको सम्पत्ति हस्तान्तरण गर्ने उनले बताए ।
जग्गाको भाडा लिइनन् - See more at: http://updatekhabar.blogspot.com/2014/03/blog-post_2494.html#sthash.06T40mes.dpuf
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment