प्रेम सुनार, गुल्मी, चैत ८ ।
१० वर्षिया वालिका वलात्कृत भएको घटना प्रहरीले सर्वाजानिक गरेको दुई दिन नवित्दै फेरी गुल्मीमा ६५ वर्षिय बृद्धव्दारा ९ वर्षिया वालिका वलात्कृत भएको घटना प्रहरीमा आएको छ ।
जोहाङ्ग गावि वडा नम्वर ९ चोरकाटेमा पसल गरी बस्ने ६५ वर्षिय खिमानन्द अर्यालले स्थानिय वर्ष ९ की वालिका वलत्कार गरेको घटना प्रहरीमा गए राती आएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
निज अर्यालले ती वालिकालाई पैसा दिएर फकाउँदै रातको समयमा केहि पर लगी वलत्कार गरेको उजुरी ईलाका प्रहरी कार्यालय जोहाङ्गमा परेपछि थप अनुसन्धानका लागि बलत्कार अभियोगी अर्याललाई जिल्ला प्रहरी कार्यालयमा ल्याईएको उनले बताए । प्रहरी निरक्षक श्रेष्ठका अनुसार निज बृद्धले गत तीन महिना देखि ती वालिकासंग यौनिक क्रियाकलाप गर्दै आई रहेको बताईन्छ ।
दुई दिन अघि मात्र प्रहरीले चैत ४ गते राती गुल्मी कै खडगकोटमा १० वर्षिया दलित वालिकालाई २९ वर्षिया जीवन दमाईले वलत्कार गरेको घटना सार्वाजानिक गरेको थियो ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment