भारतीय टेलिभिजन जगतकी चर्चित स्टाण्डअप हास्य कलाकार भारती सिंहको विहे २२ बर्षका युवकसँग हुने भएको छ ।
भारती र कमेडी सर्कसका राइटर हर्ष लिम्बचियाबीच इन्गेजमेन्ट भैसकेको र छिट्टै विवाह हुन लागेको बताइएको छ ।
यद्यपी भारतीले भने हर्ष र आफू दाइ बहिनी भएको र अन्य कुनै सम्बन्ध नभएको दावी गर्दै आएकी छिन् ।
कमेडी सर्कस सम्बद्ध मानिसहरुलाई भने यस विषयमा सबै कुरा जानकारी भएको बताइन्छ ।
खासमा भारती हर्ष र आफूबीचको उमेर अन्तरका कारण सार्वजनिकरुपमा खुल्न नसकेको बताइन्छ ।
भारती २९ वर्षकी भैसकेकी छिन् ।
हर्षलाई गत वर्ष भारतीले एउटा महंगो कार उपहार दिएको चर्चा चलेको थियो ।
भारतीले भने आफूले इन्गेजमेन्ट नगरेको र गरेपछि सबैलाई भन्ने बताएकी छिन् ।
भारती यतिबेला हसाउँने क्षमताका कारण चर्चको शिखरमै छिन् ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment