दोहा, चैत्र १३ - घरबाट बिदा हुन लाग्दा सासूले कतारमै काम गर्ने आफ्ना पतिका लागि कोसेली जिम्मा लगाइन् । धनुषाका शिव मण्डल कोसेलीरूपी २५ वटा भाङका लड्डुसमेत बोकेर उडे ।
तर जुलाई ३, २०१२ मा कतार विमानस्थल उत्रँदा उनी पक्राउ परे । प्रहरीले उनीमाथि भाङका लड्डु बोकेकै आधारमा लागूऔषध ओसारपसारको मुद्दा लगायो । अदालतले दुई वर्ष कैद र दुई लाख १५ हजार रियाल (५८ लाख रुपैयाँ) जरिवाना सुनायो । उनी कतारी सेन्ट्रल जेलमा छन् । '
ससुराका लागि कोसेली ल्याउँदा फसियो,' मण्डलले जेलमा भेट्न पुगेका नेपाली दूतावासका द्वितीय सचिव हरिकान्त पौडेलसमक्ष भने, 'भाङ ल्याउँदा यस्तो हुन्छ भन्ने जानकारी थिएन ।' ग्वालीचौर-६, बागलुङका ४८ वषर्ीय लोकबहादुर जिसीसमेत भाङ ल्याएकै मुद्दामा जेलमा छन् । कतारमा सात वर्षदेखि ड्राइभरको काम गर्दै आएका उनी सिसीमा भाङको आचार ल्याउँदा २०१२ डिसेम्बर २६ को राति पक्राउ परे ।
त्यसमा मुद्दा चल्दा यहाँको प्रारम्भिक अदालतले तीन वर्ष कैद र दुई लाख पाँच हजार रियाल दण्ड जरिवाना तोक्यो । नेपाली दूतावासले भाङलाई अचारका रूपमा प्रयोग गरिने नेपाली परम्पराबारे उल्लेख गर्दै सजाय मिनाहाका लागि आग्रह गरेपछि कतारी सरकारले कैदलाई दुई वर्ष र जरिवानालाई एक लाख रियालमा झार्यो । जिसीले भतिजाका लागि पठाएको कोसेली पोका नहेर्दा यस्तो फसाद बेहोरेका हुन् । 'मलाई यहाँ भाङ ल्याउनु हुँदैन भन्ने थाहा थियो । तर नसोधी ल्याउँदा यस्तो समस्यामा परें,' उनले कान्तिपुरलाई भने ।
कतारमा यसरी जानी/नजानी लागूऔषधको मुद्दामा परेका नेपालीहरू थुप्रै छन् । दुर्गाबहादुर बुढा मगर, प्रधान बुढा कामी र गणेशबहादुर कुन्जेलाई त १० वर्ष कैद र दुई लाख रियाल जरिवाना तोकिएको छ । उनीहरूको अबको सात महिनापछि अक्टोबर २ मा कैद सजाय भुक्तान हुँदैछ । तर जेलबाट निस्कन दुई लाख रियाल जरिवानाचाहिँ तिर्न सक्नुपर्छ । जसका लागि उनीहरू सक्षम छैनन् ।
कतारी जेलमा लामो समयदेखि जेल परेकाहरू सबै लागूऔषध प्रकरणमा जोडिएका छन् । अधिकांश विमानस्थलबाटै पक्राउ परेका हुन् । सन् २०११ फेब्रुअरी २३ मा पक्राउ परेका मियाको तीनवर्षे कैद सकियो । तर दुई लाख रियाल जरिवाना नसकेर उनी भित्रै छन् । उनीभन्दा दुई महिनापछि पक्राउ परेका सन्तबहादुर लिम्बुलाई तीन वर्ष कैद र एक लाख रियाल जरिवाना तोकिएको छ ।
उनी एक लाख तिर्न सके यही अपि्रल १२ मा छुट्ने छन् । अर्को दुई लाख रियाल तोकिएका मुमताज अन्सारी हुन् । उनको कैद अवधि गएको फेवु्रअरीमै सकिएको हो । तर जरिवाना तिर्न नसक्दा भित्रै छन् । नेपाली दूतावासका जनसम्पर्क अधिकृत ताजका अनुसार जरिवाना तिर्न नसक्नेले दिनको एक सय रियालको हिसाबले जेल बस्नुपर्ने हुन्छ । दूतावास यी सबै घटनाबारे जानकार छ ।
दूतावासले 'मिल्ने' सम्म प्रयास गरेको जनाएको छ । 'कतारले लागूऔषधको सूचीमा राखेको कुनै पनि सामान नबोक्न हामीले बारम्बार सूचना दिँदै आएका छौं । यसबारे काठमाडौं विमानस्थलमा पनि कडाइका साथ चेकजाँच गर्न भनिरहेका छौं,' पौडेलले भने
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment