अब हवाईजहाजमा झ्यालको सट्टा एक पातलो तर, विशाल स्क्रीन जोडिने भएको छ ।
जहाँ बिमान उड्दै गरेका क्षेत्रको दृष्यहरु स्क्रिनमा लाइभ हेर्न पाइनेछ ।
बाहिरको दृश्य यात्रुहरुलाई देखाउन प्लेनको बाहिर क्यामेरा हुनेछ ।
एक अमेरिकी कम्पनीले बनाइरहेको सुपर सोनिक बिमानमा यस्तो सुबिधा राख्न थालिएको छ ।
यो सुपर सोनिक विमानको मूख्य विशेषता भनेको यात्राको समय आधा कम गर्ने हो ।
अर्थात हाल ६÷७ घण्टामा हुने न्यूयोर्क लण्डन यात्रा ३/४ घण्टामै हुनेछ ।
स्पाइक एयरोस्पेस कम्पनीले सुपर सोनिक जेट विमानको डिजाइन बनाइरहेको छ ।
कम्पनीका अनुसार यसलाई परिर्वतन गरेर एयरक्राफ्ट बनाउन पनि निकै सहज हुनेछ ।
एस–५१२ सुपर सोनिक जेट विमान २०१८ सम्ममा उडान सुरु गर्ने कम्पनीको तयारी छ । यसमा १८ यात्रु हुनेछ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment