नायिका रेखा थापासँग टाढा भएपछि निर्माता छविराज ओझाको सिनेमामा नयाँ नयाँ अनुहारले मौका पाइरहेका छन् । ‘लोफर’मा रजनी केसीलाई छविले मौका दिएपनि सिनेमा असफल भएपछि उनको करिअर पनि उदाउन सकेन । छविले नै निर्माण गरेको अर्को चलचित्र ‘लज्जा’मा अभिनय गरेकी मोडल शिल्पा पोख्रेल मिडियामा सधै नै गसिप बन्ने गरेकी छिन् ।
शिल्पा र छविको निकटताले पनि बेला बेलामा रंगिन बजारमा खबर बनाइरहेको हुन्छ । तर शिल्पाको लागि छविको यो सिनेमा वरदान सावित होला या नहोला यसै भन्न सकिने अवस्था छैन । शिल्पा पोख्रेलले ‘लज्जा’मा अभिनयको समयमा जती चर्चा पाइन्, डबिङको समयमा पनि पाउने देखिएको छ ।
आफैले अभिनय गरेको चलचित्रमा आफ्नै आवाज नहुनु, कलाकारका लागि ठूलो घाटाको बिषय हो । यस्तो बिषयले उसलाई अर्को प्रोजेक्टमा पनि अवसर पाउन निक्कै गाह्रो हुन्छ ।
कुनै ठाकठुक विना नै छविको सिनेमामा शिल्पाको आवाज नहुने भएको छ । शिल्पाले अभिनय गरेतापनि उनको मुख चलाइमा अर्कै कलाकारको आवाज दर्शकले पर्दामा हेर्नेछन् ।
हाल शिल्पाको भूमिकामा समुना केसीले डबिङ गरिरहेकी छिन् । निर्देशक नवल नेपालले शिल्पाको आवाज पात्र अनुसार नमिलेपछि सहमतीमै समुनालाई ल्याएको जनाए ।
उनले चलचित्रमा नायिकाको निक्कै दमदार भूमिका भएको तर शिल्पाको आवाज मसिनो भएकाले नयाँ आवाज खोज्नु परेको जनाए । नवलले भने, ‘पात्रको क्यारेक्टर परिपक्क छ, तर शिल्पाको आवाज मसिनो भयो, जसका कारण सहमतीमै हामीले समुनालाई डबिङ गर्न ल्याएका हौ ।’ आर्यन सिग्देलको समेत अभिनय रहेको यो सिनेमाले महिलाको लाजको कथा बोल्छ ।
-अनलाइनखबर
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment