"गजल"तिम्रोमायाले मेरो आँसु, बगाउछ अझैपनी! एककोहोरो पागलसरी, बनाउछ अझैपनी!
तिमी कहाँ म कहाँ, छुटेको बर्षौ भएतापनी
अतितका यादहरुले, झस्काउछ अझैपनी!
भन्छौ रे दुनिया बदलियो, खै के बदलियो
पश्चिमढली पुर्बबाटै, सुर्य उदाउछ अझैपनी!
धोका सम्झेर, मायागर्न नडराउ सानु तिमी
हर समयले, मुना मदन जन्माउछ अझैपनी!
मिलन नभएपनी, मनले कहाँ मान्छ र सानु
हेर न दिनले रातलाई, पछ्याउछ अझैपनी!
मेरो अँगालोमा तिमी, यही सम्झी फर्किनेछौ
सुन्दर गुलाबलाई, काँडाले बचाउछ अझैपनी!
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment