फागुन १६ भक्तपर ।
डिभी परेर अमेरिका जाने तयारीमा रहेका सर्लाही हरिवनका श्याम महत, उनकी श्रीमती र उनकी छोरी भक्तपुर ठिमी नगरपालिकाको १७ नम्बर मगर गाउँमा मृत अवस्थामा भेटिएका छन् ।
केही समयदेखि भक्तपुर बस्दै आएका श्याम, उनकी श्रीमती सुनिता महत र उनीहरुकी ४ वर्षीया छोरी नानु महत मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
श्याम कोठामा झुण्डिएको अवस्थामा र श्रीमती सुनिता र छोरी नानु सुतिरहेको अवस्थामा मृत भेटिएका थिए ।
मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । डिभी परेर सपरिवार अमेरिका जाने तयारीमा रहेका श्यामले १० दिनअघि मात्रै गाउँबाट १० लाख रुपैयाँ ल्याएका थिए । उनी आफ्ना साला नविन कार्कीको घरमा बस्दै आएका थिए ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment