नायीका सनी लियोनी एक रात सर्पहरूसँग बिताएकी छिन् । सनीले सर्पहरूसँग एक रात नै बिताइन् भन्दा धेरैलाई किन र के का लागि भन्ने प्रश्नले अचम्मित पार्न सक्छ ।
सनी लियोनीको नयाँ चलचित्र रागिनी एमएमएस २ मा रातभर एक तलाउमा सर्पहरूसँग बसेकी छिन् ।
उक्त दृश्यहरू रागिनी एमएमएस-२ को ट्रेलरमा देखाइएको छ ।
यस दृश्यमा सनीको पछाडि उनका प्रेमी आउँछन्, उनी तलाउमा नुहाउनका लागि जान्छिन् । उक्त तलाऊ सर्पहरूले भरिएको हुन्छ । सनी लियोनीले रागिनी एमएमएस-२ चलचित्रको एक अत्यन्त डरलाग्दो दृश्य दिनुपर्ने थियो ।
यसका लागि मुम्बईको वसई क्षेत्रमा एक झरनामा उक्त दृश्य सुटिङ आधी रातमा गरिएको थियो । दृश्यको सुटिङका लागि सनीलाई फोहोर तथा चिसो पानीले भरिएको उक्त झरनामा बस्नु परेको थियो !
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment