पारस खड्का भन्छन्,'भारतलाई देखाइदियौं'
------------------------------------------
भारतमा अभ्यास खेल खेल्न जाँदा एयरपोर्टमा ईमिग्रेशनका कर्मचारीले नेपाली क्रिकेट टोलीका सदस्यलाई भारत किन आएको भनी प्रश्न गर्थे रे ।
खेलाडीले जवाफ दिन्थे, 'क्रिकेट खेल्न आएको ।' जवाफ सुनेर छक्क पर्दै कर्मचारीले भन्थे रे, 'नेपालको पनि क्रिकेट टिम छ र ?'
यस्ता प्रश्नले हैरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, 'विश्वकपमा छानिएर हामीले भारतलाई देखाइदियौं ।'
उनले फेरि थपे, 'अब हामीले खेलेको विश्वकप खेल भारतको टीभीले प्रत्यक्ष प्रशारण गर्नेछ ।' कप्तान खड्काले अनुभव सुनाउँदा कार्यक्रममा हाँसोको फोहोरा छुट्यो ।
यूएईमा मंसिरमा भएको छनौट प्रतियोगिताबाट आगामी महिना बंगलादेशमा हुने टी२० विश्वकपका लागि नेपाल छानिएको हो । नेपाललाई विश्वकप पुर्याउने खेलाडीको जीवन समेटेर तयार पारिएको विश्व टी२० क्रिकेटका सारथीहरु नामक पुस्तक बिमोचनमा बोल्दै कप्तान खड्काले छनौटसँगै विश्वकप खेल्ने सपना पूरा भएको बताए । उनले नेपाललाई विश्वकप क्रिकेटको बाटो देखाउने श्रेय प्रशिक्षक पुबुदु दासानायकेलाई दिए । 'दासानायके आएपछि हामीले भिजन पायौं', उनले भने,'हामीमा विश्वकप खेल्ने चाहना थियो, दासानायकेले बाटो देखाइदिनु भयो ।'
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment