जब उनी सात वर्षका थिए कार चलाउनको लागि जिद्दि कसे, उनको यो माग पुरा भयो। अनि १० वर्षको हुँदा चमचमाउने मर्सिडिज बेंज पनि उपहार मिल्यो। ऐश आराम गर्ने सोख उसको बच्चादेखि नै थियो। १४ वर्षको उमेरदेखि उसलाई चुरोट, रक्सीको लत लाग्न शुरु भयो।
१८ वर्षको हुँदा केटीहरुको सोख शुरु भयो र साथै एक डान्सरलाई मन पराउन थाले। आज यी व्यक्ति विश्वकै शक्तिशाली देश मध्ये एक देशको तानाशाह छन्। यहाँ कुरा हुदैछ उत्तर कोरियाका तानाशाह शासक किम जोंग उनको।
किमको निजि जिन्दगीसँग जोडिएको कयौं सनसनीपुर्ण कुराहरुको खुलासा भइरहेको छ। यो खुलासा अरु कोहीले नभई उनकै भान्सामा काम गर्ने एक व्यक्तिले गरेका हुन्।
किमका यी भान्से अहिले भने बिदेशमा निर्बासित जीवन बिताइरहेका छन् ।
किमका मुख्य भान्से केन्जी फुजिमोटोका अनुसार किम जोगं उन, उनका दाई किम जोंग चुल बच्चा हुँदा साथसाथै बास्केटबल खेल्ने गर्थे।
राजमहलमा यसको लागि बास्केटबल कोर्ट पनि बनेको थियो। खेलमा टीम कप्तान चाहि दाई नै हुने गर्दथे तर अरु खेलाडीलाई नियन्त्रणमा राख्ने काम चाहि भाईको हुन्थ्यो। उनले खेलाडीहरुलाई गाली पनि गर्ने गर्थे।
किम जोंग उन बच्चादेखि नै रिसाहा स्वभावका थिए।
उनी राजमहलमा अरुलाई पनि गाली गर्ने गर्दथे। दुई दाजुभाईको बाल्यकाल पिता किम जोंग द्धितियको रेखदेखमा नै बितेको थियो।
देश चरम भोकमरीले गुज्ज्रिरहेको बेला पनि उनीहरुको भान्सामा शाही परिवारको लागि जापान र बेईजिङबाट महंगा खाना ल्याउनको लागि भनिन्थ्यो। यी भान्से दाबाका साथ भन्छन कि दुई दाजुभाईलाई नै बच्चादेखि नै महंगा महंगा उपहार दिदै आइएको थियो।
फुजिमोटोका अनुसार किम जोंग उनले सात वर्षको हुँदा नै कार चलाउन सिकेका थिए। ड्राइभिङ सीटमा बस्दा किमको खुट्टालाई सजिलो होस बनेर एउटा सानो बक्स राखिन्थ्यो जसले प्याडल सम्म खुट्टा लान सजिलो होस्।
केन्जी फुजिमोटो
यो बेलामा एक जना गाडि सिकाउने व्यक्ति पनि साथमै रहन्थे। अभिभावकको तर्फबाट उपहारमा मिलेको पहिलो कार मर्सिडिज बेंज थियो र अहिले उन सँग यस्ता १० वटा मर्सिडिज बुलेटप्रुफ कार छन्। ३१ वर्षका किम जोंग उन को बारेमा भनिन्छ कि उनी आफ्नो उमेर भन्दा पनि परिपक्क छन।
बाल्यकालदेखि नै उनमा नेता बन्ने सौख थियो।
१४ वर्षकै उमेरदेखि चुरोट पिउन थालेका किमको चुरोट पिउने लतको बारेमा भने उनका अभिभावकलाई थाहा थिएन। उनी आफ्ना भान्सेसँग मर्सिडिजमा बसेर महलबाट अलि पर गएर चुरोट पिउने गर्दथे।
सेन्ट लाउरेन्ट ब्राण्डको चुरोट उनको मनपर्ने ब्राण्ड थियो। किम जवानीमा धेरै रक्सी पनि पिउथे। त्यतिबेला उनलाई रुसको सबैभन्दा राम्रो भोड्का हुने गर्दथ्यो तर हाल चाहि उनलाई बोरडेक्स ब्राण्डको रेड वाइन धेरै नै मन पर्छ।
किम जोंग उन का पितालाई लाग्यो कि छोरालाई केटीमा रुची छैन तर १८ वर्षको हुँदा नै उनलाई केटीहरुको यस्तो टीमसँग मिलाईएको थियो कि जो पैसाको लागि आफ्नो कपडा खोल्ने, मसाज गर्ने तथा सेक्स गर्ने समेत गर्दथे।
यी भान्सेका अनुसार, जब उन करिब १८ वर्षका थिए त्यतिबेला राजमहलमा एक डान्सर थिइन। किमले एक पटक मसँग आएर भने कि यो केटीको स्तनको आकार धेरै नै ठुलो छ । त्यतिबेला मलाई लाग्यो कि उनमा केटीहरुमा पनि लगाव छ। किमकी पत्नी सोल जू पनि धेरै नै सुन्दरी छन।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment