आज मिति वि.सं. २०७० फाल्गुन 13 गते मंगलबार
तदनुसार ईश्वीसन् २०१४ फेब्रुवरी २५ तारिख अनुसार
तपाईंको राशी यस प्रकार छ
---
मेष (चू चे चो ला ली लु ले लो अ)
व्यापारिक प्रयोजनको लागि दिन उपयुक्त रहेको छ,
समुन्द्र पारको यात्रा समेत सफल देखिएको छ, स्रोत
साधनको समुचित प्रयोगबाट उच्च आम्दानी हुने छ
वृष (इ उ ए ओ वा वी वु वे वो)
राजनीतिमा समय अनुकूल रहेको छ, आफ्नो प्रभावबाट
विपक्षिहरु त्रसित बन्ने छन्, धार्मिक
कार्यप्रति वितृष्णा जाग्नुको साथै
आधुनिकतामा रम्न मन लाग्ने छ
मिथुन (का कि कु घ ङ छ के को हा)
समय आफू अनुकूल रहेको छ, अधुरा सपना पुरा हुने छन्,
आफ्नो नेतृत्व अरुले स्विकार गर्ने छन् तथा उच्च
मनोवलका साथ कार्य सम्पन्न गरिने छ
कर्कट (ही हु हे हो डा डि डु डे डो)
लेनदेनका कुरामा सावधान रहनु पर्ने छ, आफन्तबाटै
कार्यमा अवरोध हुनु चिन्ताको कारण बन्ने छ,
आफूलाई प्रिय लाग्ने वस्तु गुमाउनु पर्नेछ
सिंह (मा मि मू मे मो टा टी टु टे)
राजनीतिमा बदनामी या अनेक आलोचनाहरु सुन्नु पर्ने
छ, श्रम व्यर्थमा खर्च हुने योग छ, दिनभर
भागदौडको स्थिति बनि रहने छ
कन्या (टो प पी पु ष ण ठ पे मो)
वितासितामा रमिने छ, मनोरञ्जन एवम्
खेलकुदको क्षेत्र आफू अनुकूल रहेको छ, पारिवारिक
अफ्ठ्याराहरु निर्मूल भएर जाने छन्
तुला (र री रु रे रो ता ती तू ते)
सन्तान सुख मिल्ने छ, सोचेर गरेको कार्यबाट उचित
लाभ मिल्ने छ, मित्रको कारण आफ्नो बचाउ हुनाले
आफू सुरक्षित बनिने छ
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
बनि सकेको प्रेम सम्बन्ध धरापमा पर्ने छ, दाजुभाई बीच
पैतृक सम्पत्तिलाई लिएर असमझदारी बन्न सक्छ,
व्यापारिक पक्ष भने शुभ रहेको छ
धनु (य यो भा भी भू ध फा ढ भे)
स्वास्थ्य प्रतिकूल बनेर आउने छ,
राम्रो कार्यको विपरित परिणाम आउने छ,
अग्निकारक वस्तुको प्रयोगमा सावधान रहनु होला
मकर (जो जा जी खी खू खे खो गा गी)
कार्य असफलताको योग छ, सन्तान मार्गबाट वियोग
या घाटा सहनु पर्नेछ, भने अचानक आफ्नो अनुकूल शुभ
समाचार सुन्न पाइने छ
कुम्भ (गू गे गो सा सी सु से सो द)
दिन उच्च प्रतिफल दिनेवाला छ, बहुमुल्य वस्तु
उपहारको रुपमा प्राप्त हुने छ, रोकिएर बसेका कार्य
सम्पन्न हुने छन्
मीन (दि दू थ भ ञ दे दो चा ची)
स्वास्थ्य एवम् कर्म क्षेत्र कमजोर रहेको छ,
लामो दुरीको यात्रा असफल बन्न सक्छ,
पारिवारिक झगडा स्थान परिवर्तन गराउने माध्यम
बन्न सक्छ
Comments[ 0 ]
Post a Comment